९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पल शाहलाई थुनामा पठाउन नवलपुर अदालतको पनि आदेश


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७८ , बुधबार

  • पल शाहलाई थुनामा पठाउन नवलपुर अदालतको पनि आदेश

    पोखरा, २३ चैत – अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत नवलपुरले आदेश दिएको छ। बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको हो।

    अदालतको आदेशपछि अहिले उनलाई तनहुँ कारागार लैजाने तयारी भइरहेको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए। शाहलाई थुनछेक बहसका लागि मंगलबार नवलपुर लगिएको थियो।

    नवलपुर अदालतले बकपत्रका लागि फेरि वैशाख ७ गते झिकाउन पनि आदेश दिएको छ। उनलाई फेरि वैशाख ७ गते नवलपुर अदालतमा उपस्थित गराइने भएको छ।

    बुधबार शाहको तर्फबाट ९ जनाले र पीडित नाबालिग गायिकाको तर्फबाट सरकारी वकिलसहित ५ जनाले बहस गरेका थिए।

    नाबालिग गायिका बलात्कारको आरोपमा उनलाई यसअघि जिल्ला अदालत तनहुँले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनी तनहुँ कारागारमा थिए।

    तर तीनै गायिकाले गैँडाकोटमा पनि आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो।

    शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते मुद्दा दायर गरेको थियो।

    तनहुँ अदालतबाट भएको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्। उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend