२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

विवाहका कारण चर्चामा आलिया भट्ट


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७८ , बुधबार

  • विवाहका कारण चर्चामा आलिया भट्ट

    मुम्बई – बलिउड अभिनेत्री आलिया भट्ट सधैं चर्चामा रहने गर्छिन्। नयाँ फिल्मलाई लिएर होस्, प्रेमी रणवीर कपुरका कारण होस् या आफ्नै अभिव्यक्तिका कारण उनी चर्चामा रहने गर्छिन्। पछिल्लो समय विवाहका कारण उनी चर्चामा छिन्। आगामी अप्रिलमा अभिनेता रणवीर कपुरसँग वैवाहिक बन्धनमा बाँधिने कुराले उनी बढी चर्चामा छिन्।

    उनले भारतीय मिडियासँग रणवीर कपुर र आफ्ना ‘सेक्रेट’ कुराहरु साझा गरेकी छन्। उनले प्रेमी रणवीर कपुरको मोबाइलको पासवर्ड आफूले पनि जान्नुपर्ने बताएकी छन्। विज्ञापन एजेन्सीको सेटबाट सिरानी चोरेर घरमा ल्याएको समेत उनले खुलासा गरेकी छन्।

    यहाँ सम्म कि उनले ‘सेक्स पोजिशन’बारे पनि खुलेर बताएकी छन्। उनले आफू सामान्य मानिस भएकाले सामान्य आशन नै मन पराउने बताइन्। ‘सामान्य मानिस भएर होला मलाई सामान्य आशन नै मनपर्छ। जहाँ एकअर्काको आँखामा हेर्न सकियोस्,’ उनले भनेकी छन्।

    यो कुरा बताइरहँदा उनले कुनै लाज मनिनन्। ‘यो लाज मान्ने कुरा पनि होइन। यो सबै मानिससँग जोडिएको कुरा हो। केही कुरा अरुका लागि पाठ बन्नसक्छ भने त्यस्तो कुरा गर्न लजाउनु हुन्न,’ उनले भनेकी छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend