१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

गठबन्धनले देश बर्बाद बनायो, अर्थतन्त्र श्रीलंकाको जस्तै बन्दैछ : ओली


जनमञ्च संवाददाता
  • २७ चैत्र २०७८ , आइतबार

  • गठबन्धनले देश बर्बाद बनायो, अर्थतन्त्र श्रीलंकाको जस्तै बन्दैछ : ओली

    काठमाडौं, २७ चैत – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको दाबी गरेका छन् ।

    आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लाग्दा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले बताए ।

    नेता ओलीले भनेका छन्, ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको ? श्रीलंका बन्न जाँदैछ नेपाल । केही समयपछि तपाइँहरूले तनाखा पाउनु भएन भने अनौठो नमान्नु होला । तनाखा दिनसक्ने अवस्था छैन । जेष्ठ नागरिकहरुले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिनसक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिएका छन् । त्यो गठबन्धनमा लागेका त खुसी नै होलान् । देश यस्तो अवस्थामा पुग्दा पनि गठेहरू छन् नि आनन्दमा छन् । प्रशन्न छन् । खुसी छन् । किनभने एमालेलाई रोकियो । एमालेलाई सरकारबाट हटाइयो । कति दिन हटाउने एमालेलाई सरकारबाट ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ । चुनावको वसन्तको याम पर्खिराखेको छ । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’

    गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको पनि ओलीको आरोप थियो । ‘देश बर्बाद बनाउँदैछन् गठबन्धनवालाहरुले । बर्बाद बनाउँदैछन्, अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा फेल्ड स्टेटतिर जाने अवस्था आउँदै छ । श्रीलंका कस्तो भइराखेको छ अवस्था ? कोही विदेश जाने कल्पना नगरे हुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन । अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ,’ ओलीले भनेका छन् ।

    Tags :
    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend