९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

महानगरमा ३-३ को भागवण्डा गर्न सत्ता गठबन्धनमा प्रस्ताव


जनमञ्च संवाददाता
  • २८ चैत्र २०७८ , सोमबार

  • महानगरमा ३-३ को भागवण्डा गर्न सत्ता गठबन्धनमा प्रस्ताव

    काठमाडौं, २८ चैत – सत्तारुढ पाँचदलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रमा दलहरुले ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले महानगरको भागवण्डा प्रस्ताव गरेका हुन् ।

    नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका हुन् । ‘३ वटा महानगर कांग्रेसले राखोस्, ३ वटा हामी लिन्छौं भनेका छौं,’ एक नेता भन्छन्, ‘कांग्रेस नेताहरुले सहमति जनाइसक्नुभएको छैन ।’

    अहिले ललितपुर र विराटनगर महानगरको नेतृत्वमा कांग्रेस छ भने भरतपुरमा माओवादी केन्द्र छ। जसपाबाट जितेका मेयर विजय सराबगी एमालेमा प्रवेश गरेका छन् । काठमाडौं र पोखराको मेयर एमालेले जितेको थियो ।

    बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले २०७४ सालको निर्वाचनमा जुन पार्टीले नेतृत्वमा जितेको छ, यस पटक पनि त्यही दलले नेतृत्व लिने र एमालेले जितेको पालिकामा भागवण्डा गर्ने प्रस्ताव गरेका थिए ।

    नेकपा एकीकृतका वेदुराम भुसालले पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जुन पालिकामा जुन दलले जितेको छ, अहिले पनि त्यही दलले नेतृत्व लिने प्रस्तावमा सहमति जनाए । एमालेले जितेको पालिकामध्ये आधा आफूले पाउनुपर्ने र आधा अरुले बाँडेर लिनुपर्ने उनको प्रस्ताव छ ।

    जसपाका अशोक राई र रेणु यादवले भने सम्मानजनक एकतामा जोड दिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend