११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

ओलीले कमल थापा र राजावादीसंग चोचोमोचो मिलाईरहेका छन: माधव नेपाल


जनमञ्च संवाददाता
  • २८ चैत्र २०७८ , सोमबार

  • ओलीले कमल थापा र राजावादीसंग चोचोमोचो मिलाईरहेका छन: माधव नेपाल

    बागलुङ, २८ चैत – नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो पार्टी लोकप्रिय बन्दै गएपछि एमाले अध्यक्ष केपी ओलीको निन्द्रा हराम भएको वताए । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले सोमबार बागलुङमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेका कार्यकर्ता जति सबै नेकपा एसमा आउन थालेको दावी समेत गरे ।

    एमाले अध्यक्ष ओलिको नामै नलिई नेपालले भने, ‘अहिले सबैतिर हाम्रो पार्टी लोकप्रिय बन्दै गएको छ, यो देखेर कसैकसैको निन्द्रा हराम भएको छ।’ अध्यक्ष नेपालले थपे, ‘अहिले धेरै पार्टीका कार्यकर्ता हाम्रोमा आउने लर्को छ, त्यसमा सबैभन्दा बढी एमालेबाट आउने छन्, यसले धेरैलाई झस्काइ रहेको छ।’

    आफूहरुले लामो समय संघर्ष गरेर स्थापित गरेको पार्टी एमालेलाई केपी ओलीले जालझेल र षड्यन्त्र गरेर कब्जा गरेको आरोप लगाए । ओलीले लोकतन्त्र र संविधानलाई सिध्याउन खोजेकोले आफूहरु एकताबद्ध भएर जोगाएको बताउदै नेपालले एमालेले वामपन्थीहरुसँग तालमेल नगरी अहिले पनि राजावादी र विदेशी दलाल पार्टीसँग चोचोमोचो मिलाई रहेको आरोप लगाए।

    ‘केपी ओलीले लोकतन्त्र र संविधानलाई सिध्याउन खोजेका थिए, हामीले जोगायौँ, अहिले पनि कमल थापा र केपी ओलीको चोचोमोचो मिलिरहेको छ, नेपालले भने, ‘उनको हामीसँग मेलमिलाप हुँदैन, माओवादी, जनता समाजवादीसँग मेलमिलाप हुँदैन, विदेशीको दलाली गर्ने पार्टीका नेतासँग उनको तालमेल हुन्छ ।’

    ओली भ्रष्टचारीको नाइके भएको आरोप लगाउँदै काम केही नगर्ने तर जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाउदै नेपालले सबै जिल्ला र प्रदेशमा एकिकृत समाजवादीको संगठन मजबुत बन्दै गएको वताए ।

    एमाले प्रदेश सांसद इन्द्रलाल सापकोटालाई इन्कीत गर्दै नेपालले गण्डकी प्रदेशमा एक जना सांसद आफु नजिकको रहेकोमा उनको पनि सातो गएर एमालेमै टाँसिएको बताए।

    कार्यक्रममा नेकपा एसका गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद शर्मा लगायतले प्रशिक्षण दिएको सो पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend