९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
आचारसंहिता अनुगमनको जिम्मेवारी प्रजिअलाई

२८ जिल्लाको मतपत्र छपाइ सकियो


जनमञ्च संवाददाता
  • २८ चैत्र २०७८ , सोमबार

  • २८ जिल्लाको मतपत्र छपाइ सकियो

    काठमाडौं, २८ चैत – स्थानीय तहको निर्वाचनका लागि २८ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । आयोगले अहिलेसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य भइसकेको जानकारी दिएको हो ।

    ‘स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य भइसकेको छ । छपाइ कार्य जारी छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । आयोगले यसपटक देशभरका लागि विभिन्न २३ प्रकारका मतपत्र छाप्दैछ ।

    सबैभन्दा बढी काठमाडौंमा ५६ लहर (माथिबाट तल) हुने गरी मतपत्र छापिँदैछ । काठमाडौंका लागि दलहरूको ४६ र स्वतन्त्र उम्मेदवारको १० वटा चिह्न रहेको मतपत्र छाप्ने आयोगले जनाएको छ । आयोगले वैशाख २० गतेभित्र मतपत्र छपाइसक्ने लक्ष्य लिएको छ । ०७४ को निर्वाचनमा सबैभन्दा कम ८ लहर मात्रै थियो, यसपटक १७ लहर भएको सबैभन्दा सानो मतपत्र हुनेछ  । ०७४ मा सबैभन्दा धेरै ६८ लहरसम्मको मतपत्र प्रयोगमा छापिएको थियो ।

    त्यस्तै, निर्वाचनका लागि केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ प्रकारका सामग्री खरिद भइसकेको जनाएको छ ।आयोगले देशभर सबै निर्वाचन अधिकृतले पाउने गरी एक–एक प्रति मतदाता नामावली पठाएको समेत जनाएको छ ।

    निर्वाचन आचारसंहिता लागू भएसँगै आयोगले जिल्लामा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई आचारसंहिता अनुमगनको जिम्मेवारी दिएको छ ।

    ‘मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालयमार्फत् सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ,’ सोमबार आयोगले विज्ञप्तिमार्फत् भनेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend