१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
सत्ता गठबन्धनको बैठक

तालमेल टुंग्याउन वैशाख ४ सम्मको समयसिमा


जनमञ्च संवाददाता
  • २९ चैत्र २०७८ , मंगलबार

  • तालमेल टुंग्याउन वैशाख ४ सम्मको समयसिमा

    काठमाडौं, २९ चैत – सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका टुंग्याउन ४ वैशाखसम्मको समयसीमा तोकेको छ ।

    गठबन्धनका शीर्ष नेताको मंगलबार बसेको बैठकले स्थानीय तहमा हुने तालमेल टुंग्याउन जिल्ला समितिलाई ४ वैशाखसम्मको समय दिएको हो । यसअघि चैत मशान्तभित्र तालमेल टुंग्याउन समय दिइएको थियो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले वैशाख ४ भित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिने समझदारी भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । सत्ता गठबन्धनको बैठकबाट बाहिरिने क्रममा नेता सिटौलाले भने ‘गठबन्धनका दलबीचमा वैशाख ४ गतेभित्र उम्मेदवार टुंगो लगाउन स्थानीय तहका कार्यसमितिलाई निर्देशन दिने कुरा भएको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend