८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पूर्व राजावादीहरु एमालेविरुद्ध लागेका छन् : ओली


जनमञ्च संवाददाता
  • २ बैशाख २०७९ , शुक्रबार

  • पूर्व राजावादीहरु एमालेविरुद्ध लागेका छन् : ओली

    नुवाकोट, २ बैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलविरुद्ध पूर्व राजावादीहरु लागेको बताएका छन्। एमालेप्रतिको जनलहर देखेर पूर्व राजावादीहरुले अनेक आरोप र षड्यन्त्र गरिरहेको ओलीको आरोप छ।

    नुवाकोटको बट्टार बजारमा आयोजित बृहत् जनसभा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले एमालेप्रति जनताको साथ देखेर अत्तालिएकाहरुले मेरै जिल्ला र मेरै नगरपालिकामा पूर्व राजावादीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भनेर अर्को षड्यन्त्र बुनिरहेको बताए। उनले एमालेलाई पराजित गर्ने शक्ति राजावादीमात्र होइन, जुनसुकै वादीहरु मिलेर आए पनि नसक्ने बताए।

    सर्वोच्च अदालतबाट बनेको गठबन्धनको सरकारले देशमा जनताको पक्षमा केही गर्न नसकेको उनले आरोप लगाए। एमालेलाई घेराबन्दी गर्ने नाममा पाँच दलले बनाएको गठबन्धन मकैको ढोडको लौरो भएको उनको भनाइ थियो।

    एमालले गरेको विकासप्रति लज्जित भएकाले अनेक जालझेल गरेर प्रतिपक्षमा पुर्‍याइए पनि देशमा जनताको पक्षमा एमालेले विकासको लहर ल्याएको उनले बताए। उनले एमाले एकक्षणका लागि प्रतिपक्षमा भए पनि अब सबै चुनावपछि फेरि सत्तामा जाने बताए। ‘अहिले एमाले केही क्षणका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन,’ उनले भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend