९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

के हो फिस्टुला ? कसरी बच्ने ?


डा. हरिशरण अर्याल, प्राकृतिक चिकित्सक
  • ३ बैशाख २०७९ , शनिबार

  • के हो फिस्टुला ? कसरी बच्ने ?

    फिस्टुला दिसा गर्ने ठाउँको वरिपरि बन्ने सानो प्वाल भएको खटिरा हो । जब उक्त प्वालको भित्रपट्टि पाक्दछ र पहेंलो अथवा रगत मिसिएको पिप बग्न थाल्दछ तव दुखाई कम हुँदै जान्छ । अन्यथा टन्कने र दुखिरहने हुन्छ ।

    नेपालमा यो रोगका बारेमा अनुसन्धान भएको पाइँदैन । छिमेकी देश भारत र हाम्रो देशको रहनसहन र खानपान एकै खालको भएकाले भारतमा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा यो रोग पुरुषहरुमा एक लाखमा १२.३ जना र महिलाहरुमा ५.६ जनामा भएको पाइन्छ ।

    यो रोग दिसा गर्ने ठाउँको भित्रपट्टि हुने ग्रन्थिहरुमा संक्रमण भएको कारणले हुने भएकाले भित्र भएको पिप एउटा बाटोबाट दिसा गर्ने ठाउँको भित्र खुल्दछ भने अर्को बाटोबाट बाहिर खुल्दछ र यसलाई नै फिस्टुला भनिन्छ ।

    कसरी लाग्दछ त यो रोग ?

    लामो समयसम्म दिसा बस्नाले, लामो समयसम्म पखाला लागिरहनाले, दिसा कब्जियत हुनाले, दिसा गर्ने ठाउँको वरपरको रौं तानिएर दिसा गर्ने ठाउँको भित्र भएका ग्रन्थिरुमा सङ्क्रमण भएको कारणले पनि यो रोग लाग्दछ ।

    यो सामान्य रुपमा एक व्यक्तिमा एउटा हुने तर कसै-कसै मा धेरै पनि हुने गरेको पाइन्छ । मानिसको दिसा गर्ने ठाउँको भित्र ८ वटा ग्रन्थिहरु हुन्छन् जसको सङ्क्रमण एकै पटक भयो भने ८ वटै फिस्टुलाहरु हुन सक्छन् । यो रोगको जटिलताका अवस्था निम्नानुसारको रोगहरुमा हुनसक्छ ।

    -ठूलो आन्द्राको रोग भएमा

    -ठूलो आन्द्राको क्यान्सर भई पहिला नै रेडियो थेरापी लिएको अवस्थामा

    -क्षयरोग लागेको अवस्थामा  

    – एचआइभि पोजेटिभ भएको अवस्थामा

    रोग लागेको कसरी थाहा पाउने त ?

    दिसा गर्ने ठाउँको वरपर वा नजिकमा खटिरा आउँछ र अत्यन्त दुखाई हुनुको साथै केहि समयपछि त्यो खटिरा पाकेर गन्हाउने पिप बग्न थाल्दछ । पिप बगेपछि सन्चो भए जस्तो त हुछ तर केहि समय पछि फेरी पाक्ने र दुखाई हुने निरन्तर भइरहन्छ । पछि यो पुरानो भएपछि पुरै भाग सुन्निएर आउँछ ।

    यो रोग लागि सकेपछि अरु रोगहरुसँग अलग गर्न परिक्षण गनुपर्ने हुन्छ । यसको लागि सामान्य रुपमा हेरेर तथा प्रोटोस्कोपबाट हेरेर पनि केहि कुरा थाहा पाउन सकिन्छ । यसको उपचारमा कति माथि भित्रपट्टि अर्को प्वाल खुलेको छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । कहिलेकाँही प्रोटोस्कोपबाट हेर्दै बाहिरको प्वालबाट औषधि पठाउँदा पनि भित्रको प्वाल देखिएन भने फिस्टुलोग्राम गर्नु पर्दछ । कहिले काँही धेरै फिस्टुला भएको व्यक्तिमा क्षयरोग तथा क्यान्सर छ कि भनेर मास काटेर वायोप्सि पनि गर्नुपर्ने हुनसक्छ ।

    यो रोग औषधिले निको हुँदैन । यसलाई क्षार सूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना रहँदैन र अरु जटिलता पनि आउँदैन । यस रोगको लागि अप्रेसन गर्दा १५ देखि १८ प्रतिशत मानिसमा दोहोरिने तथा दिसा रोक्न नसक्ने दिसा खुस्कने समस्या देखिएको पाइन्छ । तर क्षार सूत्रबाट उपचार गर्दा अहिले सम्म त्यस्ता समस्याहरु देखिएका छैनन् । यदि यो रोगको समयमा उपचार गरिएन भने क्यान्सर भइ ज्यानकै खतरा पनि हुन सक्छ ।

    रोकथाम का उपायहरु 

    – दिसा धेरै कब्जियत हुन नदिने

    -कनेर दिसा नगर्ने तथा लामो समय सम्म दिसा नबस्ने

    -सरसफाईमा ध्यान दिने

    -मसलादार तथा खुर्सानी, अदुवा, गरम मसला, दुध चिया र कफि कम गर्ने

    -हरियो सागपात तथा फल फूल आवस्यक मात्रमा खाने

    – शरीरलाई चाहिने आवश्यक मात्रमा पानी पिउने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend