१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

यस्तो छ जनमोर्चाको स्थानीय तहको चुनावी घोषणा पत्र (पूर्णपाठ सहित)


जनमञ्च संवाददाता
  • ३ बैशाख २०७९ , शनिबार

  • यस्तो छ जनमोर्चाको स्थानीय तहको चुनावी घोषणा पत्र (पूर्णपाठ सहित)

    बागलुङ, ३ बैशाख – आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि राष्ट्रिय जनमोर्चाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गरे ।

    ग्रामिण भेगका समस्या र सामाजिक विषयवस्तुहरुलाई उठाइएको राजमोको घोषणा पत्रमा विकासमा ठूला सपनाहरु देखाइएको छैन । राजमोले ग्रामिण क्षेत्रको विकासको लागि ग्रामिण विकास मन्त्रालय स्थापना गर्नुपर्नेमा समेत जोड दिएको छ ।

    घोषणा पत्रमा राजमोले प्रदेश संरचना खारेज गरेर स्थानीय तहको अधिकार तथा जनताको स्वशासनको अधिकारलाई सुनिश्चित गर्नुपर्ने उल्लेख छ । ग्रामिण क्षेत्रमा उद्योग धन्दा स्थापना गर्नुपर्ने उल्लेख छ ।

    मन्त्रालय मार्फत एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउन सकिने बताइएको छ । भू उपयोग नीति लागू गरी बसोबास, उद्योग बजार कृषिका लागि बेग्ला बेग्लै क्षेत्र निर्धारण गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

    पिछडिएको दुर्गम क्षेत्रमा राज्यले विशेष सुविधा र सेवा प्रदान गर्नुपर्ने उनीहरुलाई पूर्वाधारका साथै सुपथ मूल्यका पसल स्थापना गरिदिनुपर्ने राजमोले घोषणा पत्रमा राखेको छ ।

    खेत मजदुर, हली, गोठाला, खेताला, मुक्त कमैया, हरुवा चरुवा तथा कमलरीको बसोबासको व्यवस्था तथा पुनस्थापना गर्ने कुरा पनि समेटिएको छ। एकीकृत बस्ती, इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने, कृषिजन्य उद्योगको विकास गर्ने, आधारभूत स्वास्थ्य र शिक्षा साधारण जनतालाई निशुल्क गर्नुपर्ने राजमोको घोषणा पत्रमा छ ।

    जनमोर्चाले श्रम शक्ति, बौद्धिक पलायनता र भाडामा सैनिक पठाउने अवस्थाको अन्त्य गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

    जनमोर्चाको चुनावी घोषणापत्रको पूर्णपाठ :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend