९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
खटाइए निर्वाचन अधिकृत

निर्वाचन आयोगमा यसरी हुँदैछ चुनावी तयारी


जनमञ्च संवाददाता
  • ५ बैशाख २०७९ , सोमबार

  • निर्वाचन आयोगमा यसरी हुँदैछ चुनावी तयारी

    काठमाडौ, ५ बैशाख – स्थानीय तह निर्वाचन २०७९ को मिति आउन अब २६ दिन बाँकी छ। निर्वाचन आयोगका निर्वाचन कर्मचारी निर्वाचन समाग्री प्याकिङ गर्न व्यस्त छन। जति जति निर्वाचनको मिति नजिँकिदै छ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियादेखि कार्यालय सहयोगीहरुको व्यस्तता त्यति नै बढेको छ।

    निर्वाचन आचारसंहिता कार्यान्वयनदेखि कर्मचारीलाई तालिम दिन प्रमुख आयुक्तदेखि कर्मचारीहरु चटारो छ। बिहान ७ बजेदेखि राति १० बजेसम्म आयोगका कर्मचारीहरु खटिन्छन्। आयोगको ध्यान बैशाख ३० मा तोकिएको निर्वाचन सफल पार्नमा छ। स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन गराउने सबै खाले प्रयास गरिरहेका छन्।

    ‘मसिनो, सघन र द्रूतगतिमा हामी निर्वाचनका लागि सबै कामहरु गरिरहेका छौं,’ आयोगका सहप्रवक्ता सूर्य आर्यालले भने, ‘निर्वाचन समाग्री प्याकिङ गरेर जिल्लामा पठाउन थालेका छौं।’ निर्वाचन समाग्री व्यवस्थानदेखि प्याकिङ गर्न आयोगका १२० जना र काजसरुवा आएका ६० गरी १८० जना कर्मचारी खटिएका छन्।

    ४५ जिल्लाको मतपत्र छापियो

    १ करोड ९५ लाख मतपत्रमध्ये आधा मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ। ४५ जिल्लाको मतपत्र छपाइ सकिएको छ । बैशाख दोस्रो सातादेखि जिल्लामा मतपत्र दुवानी हुने सहप्रवक्ता आर्यालले बताए।

    हुम्ला, जुम्ला, मुगु जस्ता विकट जिल्लामा हेलिकोप्टरबाट मतपत्र र निर्वाचन समाग्री पठाउन व्यवस्था मिलाइएको छ। ‘निर्वाचनमा प्रयोग हुने मतपत्रदेखि स्वस्तिक छापसम्मका ५८ प्रकारका समाग्री दिनहुँ आइरहको छ,’ उनले भने, ुनिर्वाचन समाग्री खरिदमा झण्डै ८० करोड बढी खर्च भएको छ।’ मतपत्र छपाईमा मात्रै ३० कारोड बढी खर्च भएको उनी सुनाउँछन्।

    ३५ लाख मतदाता परिचयपत्र छापिँदै

    आयोगले ३५ लाख मतदातालाई नयाँ मतदाता परिचयपत्र वितरण गर्न तयारी गरेको छ। परिचयपत्र धामधम छपाइ भइरहेको छ। ‘नयाँ मतदाता तथा मतदाता परिचयपत्र हराएका लागि यो परिचयपत्र वितरण गर्छौं,’ उनले भने, आर्थिक वर्ष २०६६(०७८ देखि आयोगले फोटोसहितको मतदाता नामावली लागू गरेको थियो।’ मतदाताको पहिचान गर्न यो व्यवस्था लागू गरिएको थियो।

    बैशाख ३० मा हुने निर्वाचनमा ७९ दल सहभागी छन्। सबै दललाई आयोगले चुनवा चिह्न प्रदान गरिसकेको छ। कार्यकर्ताहरुलाई मिलाएर उनीहरु उम्मेदवारको टुंगो लगाउन प्रयासमा छन्।

    खटाइए निर्वाचन अधिकृत

    आयोगले चैत २९ गतेदेखि लागू हुनेगरी ७५३ स्थानीय तहमा खटिने मुख्यनिर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई नियुक्त प्रदान गरिएको सकेको छ। वैशाख ८ गतेदेखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थाना गर्न बजेट र खर्चको अख्यिारी दिएको छ।

    ‘८ स्थानमा २७ समूहमा निर्वाचन व्यवस्थान सम्बन्धी तालिम दिएर उहाँहरुलाई फिल्डमा खटन गराइसकेका छौं, सहायक प्रवक्ता अर्यालले भने, ‘उहाँहरुले निर्वाचन व्यवस्थानका विषयमा जिल्लास्तरमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिनुहुन्छ।’

    देशैभरि १० हजार ७५६ मतदान स्थलमा तोकिएको छ । त्यहाँ २१ हजार ९९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचन व्यवस्थानमा झण्डै २ लाख कर्मचारी खटिने सहप्रवक्ता अर्याल बताउँछन् ।

    डिजिटल रिपोटिङको व्यवस्था

    निर्वाचन सम्बन्धी डिजिटल रिपोटिङ्गका लागि विराटनगर, पोखरा र नेपालगजंगमा ८४ जना कम्प्युटर अधिकृतलाई तालिम आयोग तालिक दिइरहेको छ। ‘उनीहरुले उम्मेदवारी दर्तादेखि निर्वाचन परिणमसम्मका रेकर्ड अनलाइन पोर्टलमा अपलोड गरेर आयोगमा रिपोटिङ्ग गर्ने छन्,’ सहप्रवक्ता आर्यालले भने।

    २०७० सालदेखि निर्वाचनको सबै गतिविधी अनलाईनमा लगिएको थियो। यसअघि निर्वाचन व्यवस्थानाका लागि जिल्लाका सबै लेखापाल तथा जिन्सी शाखाका कर्मचारीलाई तालिम दिएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend