९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
११ उपमहानगरको बाँडफाँट मंगलबार गर्ने

सत्ता गठबन्धनले ५ महानगरको तालमेल टुंग्यायो, पोखरा अझै अनिर्णित


जनमञ्च संवाददाता
  • ५ बैशाख २०७९ , सोमबार

  • सत्ता गठबन्धनले ५ महानगरको तालमेल टुंग्यायो, पोखरा अझै अनिर्णित

    पोखरा, ५ बैशाख – सत्ता गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ५ वटा महानगरपालिकाको भागबण्डा मिलाएको छ।
    सत्तारुढ गठबन्धनको सोमबार बालुवाटारमा बसेको दोस्रो बैठकबाट नेपाली कांग्रेसले तीनवटा महानगरपालिका लिने सहमति जुटेको हो।

    बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने सहमति बनेको छ।

    उनका अनुसार बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ।

    पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ। पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ।

    तर त्यहाँ कांग्रेसले पनि दाबी गरेपछि कुरा नमिलेको हो। ‘आजको बैठकले महानगरपालिकाको बाँडफाँटबारे छलफल गरेको छ, पुरीले भने, ‘पोखराको हकमा एकीकृत समाजवादी र कांग्रेस दुवैले दाबी गर्दा सहमति भएन। यसबारेको निर्णय मंगलबारको गठबन्धन बैठकले गर्नेछ।’

    पुरीका अनुसार त्यही बैठकबाट ११ वटा उपमहानगरपालिकाको भागबण्डा पनि मिलाउने भएको छ।

    पुरीले आजको बैठकमा उपमहानगरपालिकाको हकमा कुनै कुरै नभएको वताए । ‘उपमहानगरको हकमा आज कुरा भएन। महानगर टुंगो लगाएपछि मात्रै छलफल गर्ने भनेर भोलिका लागि बैठक डाकिएको छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend