९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना पक्राउ


जनमञ्च संवाददाता
  • ५ बैशाख २०७९ , सोमबार

  • क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

    काठमाडौं, ५ वैशाख – प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा झापा विर्तामोड घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भइ क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफलका राहुल चचान छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।

    कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुले हालसम्म ६६ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार गरेको देखिएको छ ।

    पक्राउ परेकामाथि बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend