जोमसोम, ५ बैशाख – बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जिल्लाको लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा टसी नर्बु गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।
एमाले लोमान्थाङ पालिका कमिटीको सोमवार वसेका बैठकले टसी नर्बु गुरुङलाई अध्यक्षका लागि सिफारिस गर्ने निर्णय सर्वसम्म्त गरेको छ ।
एमालेको पालिका पार्टी कमिटीका अध्यक्ष निमा ढिन्डुक गुरुङको अध्यक्षता र एमाले गण्डकी प्रदेश सदस्य एवं प्रदेशसभा सदस्य ईन्द्रधारा बिष्टको उपस्थितिमा बसेको बैठकले लोमान्थाङ-३ ठिङ्गरका यूवा टसी नर्बु गुरुङलाई सर्वसम्मत पालिका अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।