९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
अरूले उकासेर जाहेरी दिन गएको जिकिर

पल शाहको मुद्दामा पीडितका बुवा पनि ‘होस्टाइल’


जनमञ्च संवाददाता
  • ६ बैशाख २०७९ , मंगलबार

  • पल शाहको मुद्दामा पीडितका बुवा पनि ‘होस्टाइल’

    तनहुँ, ६ बैशाख – अभिनेता पल शाहविरुद्द जबरजस्ती करणीको आरोपमा जाहेरी दिएका पीडित नाबालिगका बुवाले पनि अदालतमा बयान फेरेका छन् ।

    जिल्ला अदालत तनहुँमा आज बकपत्र गर्ने क्रममा उनले आफूले दिएको जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताएका हुन् । पीडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उनले आइतबार अदालतमा बयान फेरेकी थिइन् ।

    उनले अरूको उक्साहटमा आफूले झूटो जाहेरी दिएको बताएकी छन् । आज उनका बुवाले पनि त्यस्तै ब्यहोराको बकपत्र गरेका हुन् ।

    पलको पक्षबाट मुद्दा लडिरहेका वकिल कमला मोहन वाग्लेले पीडितका बुवाले पनि होस्टाइल भएर बकपत्र गरेको बताए ।

    बकपत्रको ब्यहोरा उद्धृत गर्दै उनले भने, ‘म स्वयम्लाई सामाजिक सञ्जालहरूमार्फत दबाबमा पारेर झूटो जाहेरी दिन लगाइएको थियो । त्यो कुरा मैले पछि मात्रै थाहा पाएँ । जाहेरीमा भएको जस्तो वारदात केही भएको होइन ।’

    ‘पीडित’ का बुवाले आफूलाई दबाब दिएको भनेर केही व्यक्तिहरूको नामसमेत लिएका छन् ।

    अधिवक्ता वाग्लेले अभिनेता पललाई अदालतले सफाइ दिन सक्ने सम्भावना बढेको बताए । यद्यपि, बकपत्रभन्दा बाहेक भौतिक प्रमाणलाई हेरेर न्यायाधीशले निर्णय लिन सक्ने उनको स्वीकारोक्ति छ ।

    ‘अदालतले भौतिक प्रमाणलाई आधार बनाएर पनि न्याय निरूपण गर्न सक्छ । तर यो मुद्दामा भौतिक प्रमाण पर्याप्त छैनन् । जबरजस्ती करणी भएको थियो भने केटा र केटीबीच झगडा हुने, एकले अर्कालाई पिट्ने, कराउने, लुगा च्यातिने आदि हुनुपर्थ्यो । त्यस्तो नभएको हुँदा अदालतले हाम्रो पक्षमा फैसला गर्ने आशा छ,’ उनले भने ।

    वाग्लेले भौतिक प्रमाण नभएको दाबी गरे पनि पल स्वयम्ले गायिकासँग सम्बन्ध राखेको स्वीकारोक्तिको अडियो अदालतमा सुरक्षित छ । उक्त अडिओमा भएको आवाज पलकै भएको पुष्टि भइसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend