९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यस्तो छ उपमहानगर तालमेल गर्ने सत्ता गठबन्धनको मापदण्ड


जनमञ्च संवाददाता
  • ६ बैशाख २०७९ , मंगलबार

  • यस्तो छ उपमहानगर तालमेल गर्ने सत्ता गठबन्धनको मापदण्ड

    काठमाडौं, ६ बैशाख – पाँच दलीय गठबन्धनले ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख बाँडफाँटमा दुई विधि अगाडि सारेका छन्।

    पहिलो २०७४ को स्थानीय तहकोनिर्वाचनमा जुन पार्टीले जितेको छ उसैलाई दिने, दोस्रो एमाले र स्वतन्त्रबाट जितेको बाँडफाँट गर्ने।

    सोमबार बसेको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति, शीर्ष नेताहरुको बैठकमा पोखराबाहेकका महानगरपालिका बाँडफाँटको समझदारी बनाएको गठबन्धनले मंगलबार उपमहानगरपालिका टुंगो लगाउने तयारी गरेको छ।

    गठबन्धनमा रहेका नेताहरुले दिएको जानकारी अनुसार यसअघि कांगे्रसले जितेको ३, जनता समाजवादी पार्टीले जितेको १ उपमहानगरपालिका त्यही दलले पाउनेछ।

    जितपुर -सिमरा, घोराही, तुल्सीपुर, मकवानपुरको हेटौँडा, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका गठबन्धनमा रहेकामध्ये चार दललाई भागवण्डा हुनेछ।

    कांग्रेस ४, जसपा २, माओवादी केन्द्र ३, नेकपा एकीकृत समाजवादी २ बनाएर बाँडफाँट गर्ने तयारी छ। यद्यपि अन्तिम निर्णयका लागि नेताहरु छलफलमा छन्।

    त्यसो हुँदा कांग्रेसले यसअघि जितेको कलैया, धनगढी र धरानसँगै बुटबलको प्रमुख पाउने लगभग निश्चित छ।

    माओवादी केन्द्रले दाङको घोराही, धरान, नेपालगञ्ज र जितपुर-सिमरागरी ४ उपमहानगरपालिका दाबी गरेको छ।

    तर, तीनवटाको बटम लाइन नछोड्ने माओवादीको अडान छ।

    ‘हामीले जितपुर-सिमरा, घोराही र धरान दाबी गरेका छौँ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘संख्या ३ पाउने सहमति बनिसकेको अध्यक्षले जानकारी गराउनुभएको छ, स्थानको हकमा अन्तिमसम्म यताउता हुनसक्छ।’

    माओवादी केन्द्रको मंगलबार बसेको कार्यालयको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले त्यसबारे जानकारी दिएको ती नेताले दाबी गरे।

    नेकपा एकीकृत समाजवादी पार्टीले हेटौडा र तुल्सीपुर उपमहानगरपालिका लिने बटम लाइन बनाएको छ। इटहरी पनि पाउनुपर्ने एकीकृत समाजवादीको अडान छ।

    ‘मकवानपुरको हेटौडा र दाङको तुल्सीपुर गरी दुई उपमहानगरपालिका लिन्छौं, हामीले इटहरी पनि दाबी गरेका छौँ नि,’ संघीय सांसदसमेत रहेका लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले भने, उपमेयरमा पनि बुटवल र पूर्वका दुईवटा लिन्छौं।’

    २०७४ मै जनकपुरधाम जितेको जनता समाजवादी पार्टी (जसपा)ले नेपालगञ्ज र कलैया उपमहानगरपालिका दाबी गरेको छ।

    ‘हामीले तीन उपमहानगरपालिकाको दाबी गरेका हौँ,’ संघीय सांसद समेत रहेका मोहम्मद इस्तियाक राइले भने, ‘यो बटमलाईन कायम छ।’

    तर, जसपाकै एक नेताले भने अन्तिममा कलैयाको दाबी छोड्ने बताए।

    ‘हामीले जनकपुरधाम र नेपालगञ्ज उपमहानगपालिका लिएर गठबन्धन जोगाउँछौं, उपप्रमुखमा पनि त्यही अनुसार कुरा गर्छौ,’ ती नेताले भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend