९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गणतन्त्र बचाउन गठबन्धनः जनर्मार्चा


जनमञ्च संवाददाता
  • ७ बैशाख २०७९ , बुधबार

  • गणतन्त्र बचाउन गठबन्धनः जनर्मार्चा

    बागलुङ, ७ बैशाख – राष्ट्रिय जनमोर्चाका नेता तथा राष्ट्रिय सभाका सदस्य राजेश विकले गणतन्त्रको रक्षाका लािग ५ दलीय गठबन्धन आवश्यक रहेको बताएका छन् ।

    राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाले आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै बिकले केपी ओली नेतृत्वले पटकपटक प्रतिनिधी सभा विघटन गरेर गणतन्त्रलाई सिद्धाउने प्रयास गरेकाले ५ दलिय गठवन्धन आवश्यक रहेको बताए ।

    उनले अझैपनि प्रतिगमनका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता देखिएकाले आगामी निर्वाचनमा पनि ५ दलीय गठवन्धन आवश्यक रहेको उल्लेख गर्दै जनमतको आधारमा छिट्टै नै सहमतिले सार्थकता पाउने बताए । जनमोर्चाका जिल्ला नेताहरुले जैमिनीलाई केन्द्रमा राखेर मात्र वार्ता सम्भव हुने उल्लेख गर्दै जैमिनी जनमोर्चाले पाएको खण्डमा सहमति हुने र नपाएमा एक्लै चुनावमा जाने बताएका थिए ।

    गत निर्वाचनमा केही प्राविधिक समस्याका कारण चुनाव हार्नुपरेको भएपनि जैमिनीमा प्रमुख शक्ति राष्ट्रिय जनमोर्चा भएकाले राष्ट्रिय जनमोर्चाले जैमिनी छोडेर जानु परेको खण्डमा गठवन्धनले सार्थकता नपाउने बताएका थिए ।

    कार्यक्रममा राष्ट्रिय जनामेर्चाका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारी, बागलुङ जिल्ला अध्यक्ष अमर थापा, सचिव भिमलाल पोखरेल र अखिल नेपाल जनजाती सम्मेलनमा पूर्व सल्लाहकार नरबहादुर पुनले बोलेका थिए ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनी नगरका अध्यक्ष डिलबहादुर श्रीसको अध्यक्षता सदस्य चन्द्रबहादुर केसीको स्वागत र सचिव ठाकुरप्रसाद शर्मा आचार्यको सञ्चालनमा भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend