पोखरा, ७ बैशाख – नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्बी सुब्बा गुरुङले अनुशासित र चरित्रवान कार्यकर्ताबाट मात्रै गतिशिल संगठन बन्ने वताए । एमाले गण्डकीले बुधवार पोखरामा आयोजना गरेको प्रदेश प्रचार भेलालाई सम्बोधन गर्दै गुरुङले एमालेले निर्वाचन हार्न नजानेको समेत वताए ।
‘हरेक संगठन सञ्चालनका लागि अनुशासन आवश्यक छ, अनुशासित कार्यकर्ताबाट मात्रै गतिशिल संगठन बन्छ,’ उपमहासचिव गुरुङले प्रचार भेलामा भने, ‘चरित्र र निष्ठवान कार्यकर्ताले संगठनलाई मजबुद बनाउन सक्छ ।’
आर्थिक अनुशासनको अभावमा मुलुक आर्थिक संकटमा फसेको गुरुङले वताए । ‘मुलुक आर्थिकरुपमा टाट पल्टिने अवस्थामा पुगेको छ । परामेदशी सरकार गठन भएको ६–८ महिनामा नै यो समस्या आयो । यो आर्थिक अनुशासनहिनताले हो ।’

स्थानीय निर्वाचनमा एमालेले जित्नैपर्ने वताउदै उपमहासचिव गुरुङले लोकतन्त्र, अग्रगमन र समृद्धिको लागि एमालेको विकल्प नरहेको वताए । ‘सत्यको पक्षमा, न्यायको पक्षमा, लोकतान्त्रिक पद्धति, विधिको शासन, समृद्धि र अग्रगमनका लागि एमालेले जित्नैपर्छ ।’
गुरुङले भने, ‘हामी सवैले वुझ्नु पर्छ एमालेले हार्न जानेकै छैन । सत्य कुरा जनतालाई बुझाउन प्रचारको कामलाई ब्यवस्थित बनाउनु पर्दछ । विकासका लागि, राष्ट्रका लागि, जनताका लागि एमाले हो ।’

दिनको चार पटक रंग बदल्ने प्रचण्ड र आच्छु खाए, बाँच्छु खाए झुसे बारुला गर्ने माधव नेपालको पार्टीबाट मुलुकले केही नपाउने कुरा हरेक मतदाताको घरमा पुराउन उनले कार्यकर्तालाई अह्राए । नेपाली कांग्रेसलाई जनतालाई पहिले नै तिरस्कृृत गरीसकेको उनको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले प्रचारले खिया लागेको फलामलाई ताउ लगाउने काम गर्ने वताउदै कार्यकर्तालाई स्पात बनेर चुनाव जुट्न निर्देश गरे ।
प्रदेश प्रचार विभाग प्रमुख रश्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, उपाध्यक्ष गणेश पाँण्डे, सचिव सुष्मा पौडेल, प्रचार विभाग सदस्य निर्मला शर्मा, प्रदेश प्रचार विभाग उपप्रमुख पुण्य पौडेल र सदस्य रामजी लम्साल लगायतले निर्वाचनमा प्रचारका कामका वारेमा वोलेका थिए ।