१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

एमाले गण्डकीको प्रचार नीतिः ‘प्रचार डेस्क, एक्सन टीम र हरेक पालिकामा ३ पत्रकार’


जनमञ्च संवाददाता
  • ८ बैशाख २०७९ , बिहिबार

  • एमाले गण्डकीको प्रचार नीतिः ‘प्रचार डेस्क, एक्सन टीम र हरेक पालिकामा ३ पत्रकार’

    पोखरा, ८ बैशाख – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले गण्डकीले आफ्नो पार्टीको प्रचार नीति सार्वजानिक गरेको छ । हरेक जिल्लामा प्रचार डेस्क स्थापना गरी सम्पादकीय, ब्यवस्थापकीय र एक्सन टीम मार्फत पार्टीको प्रचारको कामलाई ब्यवस्थित गरिने प्रदेश प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए ।

    पार्टीले ‘नेकपा एमालेको अर्जुनदृष्टि–हरेक पालिकाको समृद्धि’ नारा तय गरेको छ । पालिकाभित्रका पार्टी गतिविधिका लागि प्रत्येक पालिकामा ३ जना पत्रकार खटाईने आचार्यले वताए ।

    हरेक पालिकाको स्वेतपत्र सार्वजानिक गर्ने र पार्टीको प्रतिवद्धता पत्रलाई सञ्चार सामाग्रीको रुपमा तयार गरी प्रचार गर्ने एमालेको प्रचार नीति छ । जनप्रतिनिधीले गरेका राम्रा काम र सफलताका कथालाई प्रचार सामाग्रीमा समावेश गरिने छ ।

    बुधवार पोखरामा भएको प्रदेश प्रचार भेलामा विभाग प्रमुख आचार्यले पार्टीको जिल्ला प्रचार विभाग र प्रेस चौतारीसंग समन्वय गरेर प्रचार नीति कार्यान्वयन गर्न पार्टीका प्रचारमा सहभागी कार्यकर्तालाई निर्देशन दिए ।

    भेलामा गण्डकी प्रदेशका जिल्ला प्रचार बिभाग प्रमुखहरु , जन संगठनका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीको प्रदेश प्रचार तथा प्रकाशन बिभागका सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend