२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

दुई वर्षपछि आजबाट एसइई, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै


जनमञ्च संवाददाता
  • ९ बैशाख २०७९ , शुक्रबार

  • दुई वर्षपछि आजबाट एसइई, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

    काठमाडौं, ९ बैशाख – शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजबाट ९शुक्रबार० सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दे आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो।

    यस वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।

    नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ।

    प्राविधिक तर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

    राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ । बोर्डले नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो।

    परीक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले मर्यादित ढंगबाट परीक्षा सञ्चालन गर्न सबैलाई आग्रह गरे। ‘परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न विद्यालय, शिक्षकलगायत सम्बन्धित सबैलाई निर्देशन पनि दिएका छौँ,’ शर्माले भने।

    सरकारले यस वर्षदेखि एसइई परीक्षा सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएको छ। बोर्डको समन्वयमा प्रदेशले परीक्षा सञ्चालन गर्नेछ।

    बोर्डका अनुसार परीक्षा सञ्चालनको जिम्मा प्रदेशले पाए पनि प्रश्नपत्र निर्माण र नतिजा प्रकाशन भने बोर्डबाटै हुनेछ। प्रदेशले उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, उत्तरपुस्तिका संपरीक्षण गर्नेछ।

    बोर्डले यस वर्षदेखि १४ वर्ष उमेर पुगेकाले मात्र एसइई परीक्षा दिन पाउने व्यवस्था पनि हटाएको छ। अब जतिसुकै उमेरकाले परीक्षा दिन पाउने छन्। यसअघि १४ वर्ष उमेर पुगेकाले मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो।

    एसइई परीक्षाको नतिजा आगामी साउनअघि नै प्रकाशित गर्ने बोर्डको योजना छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend