बागलुङ, १० बैशाख – नेकपा एमाले गलकोट नगर कमिटिले प्रमुख, उपप्रुख र ११ वटै वडाका उमेद्वारको नाम सर्वसम्मत रुपमा टुंगो लगाएको छ । एमालेले नगर प्रमुखमा पूर्ण काउचा घर्ती र उपप्रमुखमा रुपा बिकलाई सर्वसम्मत सिफारिस गरेको हो ।
गलकोटले सवै वडामा अध्यक्षसहित सदस्यहरु पनि सर्वसम्मत रुपमा निर्णय गरेको एमाले जिल्ला उपसचिव डम्मर श्रीसले वताए । । वडा नं. १ मा पदम कार्की, २ मा टंक कार्की, ३ मा हर्क पन्त, ४ मा धन बहादुर खड्का, ५ मा दल बहादुर घर्ती र ६ मा सुरेश श्रीसको नाम सर्वसम्मत सिफारीस गरिएको छ ।
त्यस्तै वडा नं. ७ मा होम बस्नेत, ८ मा राम बहादुर परियार, ९ मा लाल बहादुर परियार, १० मा राम प्रसाद पुन र ११ मा बहालवाला वडा अध्यक्ष डम्मर श्रीस नै सिफारीस भएका हुन् । नगर कमिटिले सर्वसम्मत सिफारीस गरेका वडाध्यक्षलाई पार्टी जिल्ला कमिटी र नगर प्रमुख उपप्रमुखलाई प्रदेश कमिटीले टिकट दिनेछ ।
वैठकमा प्रदेश कमिटीका सदस्य बुल बहादुर के।सी, जिल्ला उपसचिव डम्मर श्रीस, सचिवालय सदस्य फणिन्द्र थापा र जिल्ला सदस्य श्यामलाल बिकले पार्टी गतिविधी र योजनाका वारेमा बोलेका थिए ।
बैठक पूर्ण काउचाको अध्यक्षता, रुपा बिकको स्वागत र दान बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।