१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

पोखरा महानगरपालिकामा एमालेले मेयरमा दिपक र उपमेयरमा मञ्जुलाई उठाउने


जनमञ्च संवाददाता
  • १० बैशाख २०७९ , शनिबार

  • पोखरा महानगरपालिकामा एमालेले मेयरमा दिपक र उपमेयरमा मञ्जुलाई उठाउने

    पोखरा, १० बैशाख – नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर पार्टी प्रदेश कमिटीका सदस्य दीपक पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
    शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको हो । पौडेल पूर्व शिक्षक हुन् ।

    एमालेले उपमेयरमा पार्टीका केन्द्रिय सदस्य मञ्जुदेवी गुरुङलाई उठाउने भएको छ । मञ्जु अहिले पनि उपमेयर छिन् ।

    एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार एमालेले काठमाडौं महानगरपालिकामा पूर्व मेयर केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।

    यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

    एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बााकी छ । बाँकी उपमहानरमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।

    धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
    नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
    तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
    घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
    बुटवल : प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
    हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
    धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
    इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
    कलैया : विनोद साह

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend