त्यसैगरी देशभरका स्थानीय तहमा ६७४३ वडाहरु छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ । देशभरका स्थानीय तहमा निम्न पदमा मनोनयन हुनेछ ;
| पालिका | पद | सङ्ख्या | कूल सङ्ख्या |
| नगरपालिका | मेयर | २९३ | २९३ |
| उपमेयर | २९३ | २९३ | |
| गाउँपालिका | अध्यक्ष | ४६० | ४६० |
| उपाध्यक्ष | ४६० | ४६० | |
| वडा तह | वडाध्यक्ष | ६७४३ | ६७४३ |
| वडा सदस्य | ६७४३×२ | १३४८६ | |
| महिला सदस्य | ६७४३ | ६७४३ | |
| दलित महिला सदस्य | ६७४३ | ६७४३ | |
| कूल जनप्रतिनिधिको सङ्ख्या | ३५२२१ | ||
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मापदण्ड तोकेको छ । उम्मेद्वार हुन नेपाली नागरिक हुनुपर्ने पहिलो शर्त छ । साथै २१ वर्ष पूरा भएको, आफ्नो क्षेत्रमा मतदाना नामावली भएको र कुनै कानूनले अयोग्य नभएको हुनुपर्नेछ । त्यसका साथै आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको व्यवस्था अनुसार उम्मेद्वार बन्नका लागि अरु मापदण्डहरु पनि तोकेको छ ।
यसका साथसाथै पद अनुसार उम्मेद्वारहरुले फरक–फरक खालका कागजात पेश गर्नुपर्छ । प्रमुख तथा उपप्रमुखमा मनोनयन दर्ता गर्ने उम्मेद्वारहरुले ९ प्रकारका कागजात र वडाध्यक्ष तथा सदस्यहरुले ९ प्रकारका कारण पेश गर्नुपर्छ । दलित महिला सदस्यले १० प्रकारका कागजात बुझाउनुपर्छ । दलीय रुपमा उम्मेद्वारी दिने भए मनोनयनपत्र (टिकट) अनिवार्य गरिएको छ भने स्वतन्त्र उम्मेद्वारका लागि दलको पत्र आवश्यक पर्दैन ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार, मनोनयन दर्तापछि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन नहुँदासम्मको कार्यतालिका यस्तो छ:
| मिति | कार्यक्रम |
| २०७९ वैशाख ११ र १२ गते | उम्मेद्वारहरुको मनोनयन |
| २०७९ वैशाख १२ गते (अपराह्न ) | उम्मेद्वारहरुको नामावली प्रकाशन |
| २०७९ वैशाख १३ गते | उम्मेद्वारमाथि उजुरी दर्ता |
| २०७९ वैशाख १४ र १५ गते | उजुरीमाथि छानविन |
| २०७९ वैशाख १५ गते (अपराह्न) | उम्मेद्वारको नामावली प्रकाशन |
| २०७९ वैशाख १६ गते | उम्मेद्वारको नाम फिर्ता |
| २०७९ वैशाख १६ गते(अपराह्न) | उम्मेद्वारको अन्तिम नामावली प्रकाशन |
| २०७९ वैशाख १७ गते | निर्वाचन चिह्न प्रदान |