११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

किन अस्विकार गरिन् मञ्जुले पोखरा महानगरको टिकट ?


जनमञ्च संवाददाता
  • ११ बैशाख २०७९ , आइतबार

  • किन अस्विकार गरिन् मञ्जुले पोखरा महानगरको टिकट ?

    पोखरा, ११ बैशाख – नेकपा एमालेबाट पोखराको उपमेयरमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गरेकी छन्। पार्टीले आफूलाई नसोधी उपमेयरको उम्मेदवार बनाएको बताउँदै उनले उक्त पदमा रुचि नभएको बताएकी छन्।

    मन्जु पोखराको बहालवाला उपमेयर हुन्। पार्टीको आन्तरिक प्रतिस्पर्धामा उनी मेयर उठ्ने चर्चा थियो। तर,उनी प्रतिस्पर्धाबाट अलग भइन्। पार्टी केन्द्रीय सदस्यसमेत रहेकी उनलाई प्रदेश कमिटीले अन्य १२ जनासँगै नाम थपेर पठाउने चर्चा चलेको थियो।

    तर,त्यसो गरिएन। प्रमुखमा पूर्वशिक्षक दीपक पौडेललाई उम्मेदवार बनाउँदा मन्जुको नाम उपमेयरको रुपमा घोषणा गरियो। ‘मेरो उपमेयरमा चाहना पनि छैन, मलाई पार्टीले आधिकारिक जानकारी गराएको पनि छैन,’ उनले भनिन्, ‘जानकारी आउँदा म मेरो कुरा राख्छु।’

    मन्जुले उपमेयर अस्वीकार गरेसँगै कास्की एमालेमा खलबली मच्चिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend