९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
ठूला दल गएनन्, साना र स्वतन्त्र मात्रै

मनोनयनको पहिलो दिन ११ हजार उम्मेदवारी दर्ता


जनमञ्च संवाददाता
  • ११ बैशाख २०७९ , आइतबार

  • मनोनयनको पहिलो दिन ११ हजार उम्मेदवारी दर्ता

    काठमाडौं, ११ बैशाख – स्थानीय तहको निर्वाचनका लागि आइतबार देशभर करिब ११ हजार जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगका अनुसार देशभर करिब ११ हजारले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

    देशभरका ७५३ वटै निर्वाचन कार्यालयबाट निर्वाचन आयोगको सिस्टममा इन्ट्री भएको तथ्यांक अनुसार करिब ११ हजारले मनोनयन दर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
    ‘आज यकिन तथ्यांक प्राप्त भइरहेको छैन, राति अबेरसम्म करिब ११ हजार उम्मेदवारले मनोनयन दर्ता गराएको तथ्यांक प्राप्त भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘देशभरबाट राति अबेरसम्म डाटा इन्ट्री भइरहेकाले यकिन डाटा भन्न सकिएन।’

    आयोगको बुलेटिनअनुसार आइतबार साँझ साढे ७ बजेसम्म १० हजार ५३३ जना उम्मेदवारको दर्ता भएको थियो। त्यसमध्ये पालिका प्रमुखमा ९७३, उपप्रमुखमा ४९४ र वडाध्यक्षमा २ हजार ८२६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    त्यस्तै वडा सदस्यमा ३ हजार १९०, महिला सदस्यमा १ हजार ९१ र दलित महिला सदस्यमा १ हजार ३० जनाले मनोनयन दर्ता गराएका छन्। सफ्टवेयरमा इन्ट्री जारी रहेकाले रातिसम्म यो संख्या बढ्न सक्ने आयोगले जनाएको छ।

    देशभरिका कुल ७५३ पालिकामा ३५ हजार २२१ पदका लागि आगामी बैशाख ३० मा चुनाव हुँदैछ। सोमबार दोस्रो दिन पनि मनोनयन गर्ने कार्यसूची छ। प्रमुख दलहरुले आइतबार भागबन्डा मिलाउन बाँकी रहेकाले कमै मात्र उम्मेदवारी दर्ता गराए।

    सोमबार सबै ठाउँमा गरी झण्डै एक लाखको हाराहारीमा उम्मेदवारी दर्ता हुन सक्ने आयोगको अनुमान छ। आइतबार मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, एमाले र माओवादी जस्ता प्रमुख दलहरुले महानगर र उपमहानगरमा उम्मेदवारी दर्ता गराएनन्।

    आन्तरिक विवाद समाधान गर्न र कतिपय ठाउँमा उम्मेदवार तय गर्न बाँकी नै रहेकाले प्रमुख दलले सोमबार मात्रै उम्मेदवारी मनोनयन गर्ने योजना बनाएका छन्।

    सोमबार अपराह्न ५ बजे मनोनयन दर्ता सम्पन्न भएपछि सोमबार नै उम्मेदवार हरुको सूची प्रकाशित हुनेछ। वैशाख १३ गते उम्मेदवारविरुद्ध उजुरी दिने कार्यसूची छ। परेका उजुरीहरूमाथि वैशाख १४ र १५ गते आयोगले जाँचबुझ गर्नेछ। र, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशित हुनेछ।

    उम्मेदवारी फिर्ता लिन चाहनेहरुका लागि आयोगले बैशाख १६ गते एक दिनको समय दिएको छ। १६ गते साँझ नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। र, १७ गते उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend