८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
स्थानीय तह निर्वाचन २०७९

उम्मेदवारी संख्या १ लाख ३६ हजार नाघ्यो


जनमञ्च संवाददाता
  • १३ बैशाख २०७९ , मंगलबार

  • उम्मेदवारी संख्या १ लाख ३६ हजार नाघ्यो

    काठमाडौं, १३ बैशाख – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख र सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३६ हजार नाघेको छ।

    तर अझै यो अन्तिम सूची नभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले मंगलबार बिहान बताए। ‘कतिपय स्थानमा नेट छैन, कतिपय ठाउँमा राति अबेरसम्म लाइन छ’, उनले भने, ‘त्यसैले अन्तिम सूची प्रकाशन हुन बाँकी छ, अद्यावधिक जारी छ।’

    देशभरका पालिकामा गरी ३५ हजार २ सय २१ पदका लागि अहिलेसम्म १ लाख ३६ हजार भन्दा बढीले उम्मेदवारी दिएका हुन्। केही बेरमा अद्यावधिक तथ्यांक सार्वजनिक गरिने आयोग प्रवक्ता पौडेलले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend