काठमाडौं, १४ बैशाख – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ ।
मंगलबार उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर बुधबार र बिहिबार छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको आयोगले जनाएको छ ।