८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

आकाशमा ४ वटा ग्रह लहरै देखिने


जनमञ्च संवाददाता
  • १४ बैशाख २०७९ , बुधबार

  • आकाशमा ४ वटा ग्रह लहरै देखिने

    काठमाडौं, १४ बैशाख – सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थालेका छन् । विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार यही वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् ।

    नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिए । ‘यो इन्ट्रेस्टिङ हो । सुरक्षाकर्मीले कवाज खेलेजस्तै आकाशमा पंक्तिवद्ध रुपमा महत्वपूर्ण ग्रहहरू खाली आँखाले एकैसाथ देख्न सकिन्छ,’ शर्माले भने ।

    उनका अनुसार यी चार ग्रहसँगै चन्द्रमा पनि लामबद्ध देखिन्छ । यो क्रम केही दिनदेखि जारी छ । र, अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिरहेनछन् ।

    यी लामबद्ध भएका ग्रहलाई बिहान ३-४ बजेतिर देख्न सकिने शर्माले बताए । तर, प्रकाश कम प्रदूषित भएको हुनुपर्नेछ ।

    ग्रहलाई हेर्न प्रदुषण कम भएको स्थानबाट पूर्व–दक्षिण दिशाको एजिम्यूथकोण ९० डिग्री देखि १४० डिग्री र उचाइकोण १० डिग्रीदेखि ४५ डिग्रीमा अवलोकन गर्नुपर्ने छ ।

    निमित्त निर्देशक शर्माका अनुसार ग्रहलाई सजिलै चिन्न सकिनेछ । शुक्र ग्रह अरुको तुलनामा धेरै चम्किलो देखिन्छ भने मंगल ग्रह रातो रङको देखिनेछ । तर, यी ग्रहहरू पङ्तिबद्ध रहेता पनि एकै साथ चित्र लिन भने कठिन हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend