पोखरा, १५ बैशाख – नेकपा एमालेका सचिव पदमा अर्यालले स्थानिय तह निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि तागतले हराउन नसक्ने दावी गरेकी छन् । बुधबार नेकपा एमाले गण्डकी प्रदेश प्रचार डेस्कको सुरुवात गर्दै उहाँले गण्डकीमा एमाले पहिलो पार्टी बन्ने ठोकुवा गरिन् । ‘गठबन्धन देखेर आत्तिन पर्दैन, यस्ता गठबन्धनलाई एमालेले यसअघि पनि परास्त गरिसकेको छ’,उनले भनिन् ।
नेकपा एमाले गण्डकी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमाले गण्डकी उप–सचिव एवं प्रचार विभाग प्रमुख रश्मी आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवं प्रेस चौतारी गण्डकीका इन्चार्ज रामकृष्ण ज्ञवाली, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रचार–प्रसार तथा प्रकाशन विभागका सदस्य रामजी लम्साल लगायतका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।