९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कोरोना भाइरस विरुद्वको खोप लगाउन छुटेकालाई मतदानस्थलमै सुविधा


जनमञ्च संवाददाता
  • २१ बैशाख २०७९ , बुधबार

  • कोरोना भाइरस विरुद्वको खोप लगाउन छुटेकालाई मतदानस्थलमै सुविधा

    काठमाडौं, २१ बैशाख – सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन अनुरोध गरेको छ ।

    पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । उनले बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरिन् ।

    ‘यदि कुनै कारणवस, पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुट्नु भएको छ भने मत हालेपछि खोप लगाउन सक्नुहुन्छ । मतदान स्थलमा खोप दिने व्यवस्थाको तयारी थालेको छौ । त्यसैले खोप छुटेका व्यक्तिले त्यसदिन मतदाता परिचयपत्रसंगै खोप कार्ड समेत लिएर जानुहोला,’ डा. मिश्राले भनिन् ।

    कोभिड संक्रमण कम हुँदै जाँदा पछिल्लो समय कोरोना विरुद्ध खोप लगाउनेको संख्यामा समेत कमि आएको छ । हाल दैनिक २० हजारको हाराहारीमा खोप लगाउने गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend