९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्वतन्त्र पत्रकारितामाथि गम्भीर प्रश्न उठ्यो: प्रेस काउन्सिल


जनमञ्च संवाददाता
  • २५ बैशाख २०७९ , आइतबार

  • स्वतन्त्र पत्रकारितामाथि गम्भीर प्रश्न उठ्यो: प्रेस काउन्सिल

    काठमाडौं, २५ वैशाख – प्रेस काउन्सिल नेपालले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको भन्दै चिन्ता जाहेर गरेको छ ।

    निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध संघ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको काउन्सिलले जनाएको छ।

    आइतबार एक अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो। काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्नरनगराउन भनेको छ।

    ‘पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस् राख्ने, विज्ञप्तिरअपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबिच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएका हुँदा यस्तो कार्य नगर्नरनगराउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस काउन्सिल नेपाल सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता ९पत्रकार० हरूलाई सचेत गराउँदछ ।’

    सञ्चार माध्यममाथि नियमित अनुगमन गर्दै आएको प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता जारी भएको मितिदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजनका साथै अनलाइन माध्यमबाट सम्प्रेषित समाचार र समाचार–सामग्रीमाथि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताका आधारमा सुक्ष्म अनुगमन गरिरहेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend