२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026
स्थानीय तह निर्वाचन २०७९

परिचय खुल्ने कागजात देखाए मतदान गर्न पाईने


जनमञ्च संवाददाता
  • २८ बैशाख २०७९ , बुधबार

  • परिचय खुल्ने कागजात देखाए मतदान गर्न पाईने

    काठमाडौं, २८ बैशाख – मतदाता नामावलीमा नाम समावेश भएकाहरुले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति निकालेर शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने जानकारी गराएका हुन् ।

    ‘मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    शुक्रबार देशका ७५३ वटै पालिकामा नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend