९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

देशभर २९ हजार जनप्रतिनिधि निर्वाचित


जनमञ्च संवाददाता
  • ५ जेष्ठ २०७९ , बिहिबार

  • देशभर २९ हजार जनप्रतिनिधि निर्वाचित
    काठेखालो गाउँपालिकाका उपाध्यक्ष तेजवहादुर थापा (तिलक) र अध्यक्ष राजु थापा

    काठमाडौं, ५ जेठ – स्थानीय तहको चुनावबाट बिहीबारसम्म २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

    देशभर ३५ हजार २२१ जनप्रतिनिधि चयनका लागि वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। धेरैजसो स्थानीय तहको मतगणना सकिएको छ भने बाँकीको मतगणना चलिरहेको छ।

    बिहीबार साँझ ५ बजेसम्म देशभरका ५७० स्थानीय तहको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। जसमा मेयर १७४ जना मेयर र त्यति नै संख्यामा उपमेयर रहेका छन्।

    त्यस्तै, ३९६ अध्यक्ष र त्यति नै संख्यामा उपाध्यक्ष पनि निर्वाचित भएको आयोगले जनाएको छ। यससँगै अहिलेसम्म पाँच हजार ६५९ जना वडाध्यक्ष निर्वाचित भएका छन्।

    स्थानीय चुनावबाट अहिलेसम्म पाँच हजार ६५३ जना महिला सदस्य र पाँच हजार ५५६ दलित महिला सदस्य निर्वाचित भएका छन्।  यस्तै, १० हजार २९५ वडा सदस्य निर्वाचित भएको आयोगले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend