२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

‘कोर एरिया’ पुग्दा केशव स्थापितलाई तेब्बर धेरै मत


जनमञ्च संवाददाता
  • ५ जेष्ठ २०७९ , बिहिबार

  • ‘कोर एरिया’ पुग्दा केशव स्थापितलाई तेब्बर धेरै मत

    काठमाडौं, ५ जेठ – नेकपा एमाले उम्मेदवार केशव स्थापितले भने जस्तै काठमाडौंको ‘कोर एरिया’ पस्दै गर्दा तेब्बर मतले अग्रता बनाएका छन्।

    काठमाडौं महानगरपालिका वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि छाडेका हुन्।

    रैथाने नेवार समुदायको बाक्लो बसोबास रहेको वडा नम्बर २७ मा ३ सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात ४३ मत मात्रै पाएका छन्।

    उता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याउन सफल भएकी छन्। अर्कातिर आँखीझ्यालका सुमन साय्मीले ३१ भोट ल्याएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend