११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

निवर्तमान प्रमुखको अनुभवलाई साथ लिएर अगाडि बढ्छु -श्रेष्ठ


जनमञ्च संवाददाता
  • ६ जेष्ठ २०७९ , शुक्रबार

  • निवर्तमान प्रमुखको अनुभवलाई साथ लिएर अगाडि बढ्छु -श्रेष्ठ

    बागलुङ, ६ जेठ – बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रुख र वडाअध्यक्ष तथा वडा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाआएसँगै बागलुङ नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई विहिबार सपथ ग्रहण गराईएको हो । उनीहरुलाई निर्वाचित प्रमाणपत्र पनि वितरण गरिएको छ ।

    बागलुङ नगरपालिकाका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई सपथ ग्रहण गराएका थिए भने नगर उप–प्रमुख राजु खड्का, सवै वडा अध्यक्ष र वडा सदस्यहरुलाई नगरप्रमुख श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराए । बागलुङ नगरपालिकाका १४ वटै वडामा निर्वाचित जनप्रतिनिधिले एकसाथ सपथ ग्रहण गरेका हुन् ।

    सपथ ग्रहण पश्चात बोल्दै नगरप्रमुख श्रेष्ठले अबको पाँच वर्ष जनताको सुख दुःखको सारथी बन्दै सवै नगरबासीप्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकामा निर्वाचित सवै जनप्रतिनिधि अबको नगरपालिका कस्तो बनाउने भन्ने योजना सहित आएको र सवैसंग हातमा हात काँधमा काँध मिलाएर अगाडी बढ्ने बताए ।

    श्रेष्ठले निवर्तमान नगरप्रमुख जनकराज पौडेलका पाँच वर्षको अनुभवलाई समेत साथ लिएर अगाडी बढ्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend