१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
एकिकृत समाजवादीले बनायो उपमहानगरमा प्रथम महिला मेयरको रेकर्ड

हेटौंडाकी मीना बनिन् एमालेको किल्ला तोड्ने माधव नेपालकी सारथी


जनमञ्च संवाददाता
  • ७ जेष्ठ २०७९ , शनिबार

  • हेटौंडाकी मीना बनिन् एमालेको किल्ला तोड्ने माधव नेपालकी सारथी

    हेटौंडा, ७ जेठ – समाजशास्त्रमा एमए गरेकी मीनाकुमारी लामाले मकवानपुरको हेटौडा उपमहानगरपालिकाको नेतृत्व लिएकी छन्। मीना उपमहानगरको मेयर हाँक्ने प्रथम महिला बनेकी छिन्।

    यसअघि महानगरपालिकाको प्रमुख र उपप्रमुख महिलाहरुले चलाए पनि उपमहानगर प्रमुखमा भने महिला आउन सकेका थिएनन्।

    हेटौंडामा नेकपा एमालेका ‘हेभिवेट’ उम्मेदवार अनन्त पौडेललाई पराजित गर्दै एकीकृत समाजवादीकी नेतृ लामा प्रमुख बन्न सफल भएकी हुन्।

    मीना लामाले २३ हजार ६७ मत पाइन्। उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ पाउँदा राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे।

    यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्।

    उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचित भए। एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन्। राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले ५ हजार ८ सय ८७ मत प्राप्त गरिन्।

    को हुन् मीना ?
    २०४६ सालदेखि राजनीतिमा लागेकी उनी २०५२ मा अनेरास्ववियूको मकवानपुर जिल्ला कोषाध्यक्ष बनिन्।

    २०७१ मा एमाले पार्टीको मकवानपुर उपसचिव बनेकी उनी एकवर्ष पछि नेपाल नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य बनिन्।

    नेकपा मकवानपुरको उपसचिव भएकी उनी सर्वाेच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै थिइन्।

    २०७९ साउन ९ गते एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेकी उनी मकवानपुर उपाध्यक्ष छिन् ।

    २०७४ मा एमालेका तर्फबाट हेटौंडाको उपप्रमुख रहेकी उनले समाजशास्त्रमा एमएका साथै कानुनमा एलएलबी गरेकी छन्।

    विसं. ०३३ पुस २७ गते हेटौँडामा जन्मिएकी मीना बालबालिकाको क्षेत्रमा काम गर्दै गर्दा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमहानगरको उपप्रमुख बनेकी थिइन् ।

    ३० वर्षको विजयी यात्रामा लाग्यो ‘ब्रेक’
    एमालेले ०४९ देखि ०७४ सम्म हेटौंडाको स्थानीय निर्वाचन हारेको थिएन।  २०४९ र २०५४ को स्थानीय निकाय अन्तर्गत तत्कालीन हेटौंडा नगरपालिका मेयर जितेर उसले ३० वर्ष चलायो ।

    यो अवधिमा हेटौँडा बजारको स्वरुप फेरियो। एमालेले त्यसबेला गरेको विकासको प्रभाव २० वर्षपछि अर्थात् २०७४ मा पनि देखिएको थियो। कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेका हरिबहादुर महत त्यसबेला २३ हजार १२४ मत ल्याएर हेटौडा उपमहानगर प्रमुख जित्न सफल बनेका थिए।

    तर, ३० वैशाख २०७९ मा भएको निर्वाचनमा एमालेको ३० वर्षदेखिको गढ भत्किएको छ। एमालेको निरन्तरको जीतलाई ब्रेक लगाउन सफल भइन् निवर्तमान उपप्रमुख तथा एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीकी मकवानपुर उपाध्यक्ष मीना।

    एमालेका ‘हेबिवेट’विरुद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बनाएका थिए। उनै गठबन्धनकी साझा उम्मेदवार मीनाले एमालेका पुराना नेता अनन्त पौडेललाई हराएर नेतृत्व लिन सफल बनिन्।

    मीनासँग पराजित पौडेल सांगठनिक कुशलता भएका नेता मात्र थिएनन्, २०७० को संविधानसभा सदस्य पनि थिए।

    हेटौँडामा थपिएका २० हजार ८ सय ७८ नयाँ मतदातालाई पनि विश्वासमा लिन मीना सफल भएको उनले पाएको मत संख्याले देखाउँछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend