८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बुटवलको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित


जनमञ्च संवाददाता
  • ७ जेष्ठ २०७९ , शनिबार

  • बुटवलको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

    रुपन्देही, ७ जेठ – बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डे र उपमेयरमा सावित्रादेवी अर्याल निर्वाचित भएका छन्।

    नेपाली कांग्रेसका उम्मेदवार पाण्डे प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गर्दै मेयर बनेका हुन्। उनले ३० हजार १३० मत पाए भने एमालेका भट्टराईले २२ हजार ५९७ मत पाए।

    त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार अर्याल निर्वाचित भएकी छन्। उनी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङलाई सात हजार ९९४ मतले पराजित गर्दै उपमेयर बनेकी हुन्।

    अर्यालले २४ हजार ९०४ मत पाइन् भने प्रतिस्पर्धी गुरुङले १६ हजार ९८० मत पाए।

    बुटवलमा ६३ हजार १७ मत खसेको थियो। यसअघि २०७४ को निर्वाचनमा एमालेले मेयर र उपमेयर जितेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend