१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

स्याङ्जामा तीन महिलाले जिते वडाध्यक्ष


जनमञ्च संवाददाता
  • ८ जेष्ठ २०७९ , आइतबार

  • स्याङ्जामा तीन महिलाले जिते वडाध्यक्ष

    स्याङ्जा, ८ जेठ – बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा तीन वडा अध्यक्ष विजयी भएका छन् ।
    ९७ वडा रहेको स्याङ्जामा कालीगण्डकी गाउँपालिका २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा महिला उम्मेदवार विजयी भएका हुन् ।

    पाँच वर्ष पहिलाको पहिलो स्थानीय तहको निर्वाचनमा एक नगर प्रमुखसहित तीन वडामा महिलाले जित निकालेकामा अहिले वडामा मात्र जित भएको हो । ११ स्थानिय तह रहेको स्याङ्जा १० जना महिलाले वडा अध्यक्षमा प्रतिस्पर्धा गरेकोमा कालीगण्डकी गाउँपालिका २ मा नेपाली कांग्रेसकी खगीसरा आलेले कांग्रेस र जनमुक्ति पार्टीबीच गठबन्धनमा जित निकालेका हुन् ।

    आलेले कूल एक हजार ३३३ मत प्राप्त गर्दै प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम पाण्डेलेलाई पराजित गरेकी हुन् । एक हजार ८९० मत खसेकोमा पाण्डेलले ४३१ मत प्राप्त गरेकी थिइन् ।

    त्यस्तै बिरुवा गाउँपालिका–३ को अध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी थापा विजयी भइन् । थापाले कूल ४९५ मत ल्याएर निर्वाचित भएकी हुन् भने प्रतिस्पर्धी एमालेका सन्तबहादुर आलेले ४१८ मत प्राप्त गरे ।

    यस्तै चापाकोट नगरपालिका–६ मा कांग्रेसकी तारादेवी पोखरेल २१ मतान्तरले निर्वाचित भइन् । पोखरेलले ४३६ प्राप्त गर्दा प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज्ञानेश्वर बस्ताकोटीले ४१५ मत प्राप्त गरेकी थिइन् ।

    २०७४ को स्थानिय तह निर्वाचनमा १६ जना महिलाले वडा अध्यक्ष प्रतिस्पर्धा गरेकोमा नेकपा एमालेबाट फेदीखोला ५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी ४ मा जीतकुमारी चपाई र हरिनास गाउँपालिका ७ मा केशमाया थापा विजयी भएकी छन् ।

    पहिलो स्थानिय तह निर्वाचमा पुतलीबजार नगरपालिकामा सिमा कुमारी क्षेत्रीले नगर प्रमुखमा जित निकालेकोमा वैशाख ३० गतेको निर्वाचनमा प्रमुख दलले प्रमुख पदमा तीन महिलालाई प्रतिस्पर्धा गराएकोमा तीनै जना पराजित भएका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend