पोखरा, १० जेठ – पोखरा महानगरपालिका वडा नम्बर १७ मा एमालेकी राधिका शाही वडाध्यक्षमा निर्वाचित भएकी छन् । शाही पोखरा नगरमा एकमात्र महिला वडाध्यक्ष बनेकी छन् । नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मतको अन्तरले हराउदै उनी वडाध्यक्षमा विजयी भएकी हुन् ।
राधिकाले २ हजार ६ सय २५ मत प्राप्त गरिन भने देवराजले २ हजार ५ सय ४२ मत पाए । वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार, वडा सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भएका छन् ।