९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यी हुन् स्थानीय तहका जनप्रतिनिधीले पाउने सेवा सुविधाहरु


जनमञ्च संवाददाता
  • १३ जेष्ठ २०७९ , शुक्रबार

  • यी हुन् स्थानीय तहका जनप्रतिनिधीले पाउने सेवा सुविधाहरु

    काठमाडौं, १३ जेठ – संघियतापछि दोस्रो स्थानीय तहको निर्वाचन सकिएको छ । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने वताएका छन् ।

    संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । सातवटै प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवासुविधा लागू हुने गर्दछ ।

    जनप्रतिनिधिले पाउने सुविधामा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थिति बैठक भत्तालगायत छन् । स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्षले पूर्णकालीन भएर कार्यालयमै बसेर सेवा प्रवाह गर्छन् ।

    बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधिले पाउने सेवासुविधा सामान्य मात्र भएको भन्दै त्यस्तो सेवासुविधा बढाउनुपर्ने दाबाब यसअघि नै आएको जानकारी दिए । स्थानीय तहका जनप्रतिनिधिलाई बिनासेवासुविधा काम गर्न लगाउँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउने भएकाले स्थानीय तहका जनप्रतिनिधिलाई अहिले प्रदान गरिएको सेवा पनि न्यून मात्र भएको उनले वताए ।

    पदाधिकारीले पाउने सेवासुविधा प्रत्येक तीनतीन महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश कानुन निर्माण गरेको स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा आ-आफ्नो पालिकाको स्रोतलाई आधार मानेर स्रोत घट्दै गए सेवासुविधा पनि घटाउन सक्ने कानुनी व्यवस्था छ ।

    गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले भने स्थानीय तहका जनप्रतिधिले कानुनमा तोकिएको मात्र सेवासुविधा लिँदै आएको जनाएको छ । महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा प्रदेश कानुनअनुसार हुने व्यवस्था गरेकाले सोही कानुनअनुसार सेवासुविधा पाउँदै आएको बताए ।

    उपमहानगरपालिकामा नगरप्रमुखको मासिक सुविधा ४० हजार, उपप्रमुखको ३५ हजार, वडाध्यक्ष २२ हजार, कार्यपालिका सदस्य सात हजार पाँच सय र सभाका सदस्यको छ हजार पाँच सय, सञ्चार सुविधामा प्रमुखलाई दुई हजार पाँच सय, उपप्रमुखलाई एक हजार पाँच सय, वडाध्यक्षलाई एक हजार रुपियाँ रहेको छ । अन्य सुविधा भने गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि र महानगरपालिका जनप्रतिनिधिको समान छ ।

    त्यस्तै महानगरपालिकामा प्रमुखको मासिक सुविधा ४२ हजार, उपप्रमुख ३७ हजार, वडाध्यक्ष २५ हजार, कार्यपालिका सदस्यको आठ हजार र सभाका सदस्यको सात हजार रुपियाँ सुविधा तोकिएको छ।

    त्यस्तै, सञ्चार सुविधामा प्रमुखको मासिक तीन हजार, उपप्रमुखको एक हजार पाँच सय र वडाध्यक्षको एक हजार रुपियाँ तोकिएको छ । दैनिक भ्रमण भत्तामा प्रमुखको दुई हजार पाँच सय र उपप्रमुखको दुई हजार र अन्य पदाधिकारीको भने नगरपालिका र उपमहानगरपालिका जनप्रतिधिको समान रहेको छ ।

    विदेश भ्रमण गर्दाको दैनिक भ्रमण भत्ता महानगरपालिकाको प्रमुखलाई १७५ प्रतिअमेरिकी डलर उपप्रमुखलाई १५९ तोकिएको छ । अन्य पदाधिकारीको नगरपालिका र उपमहानगरपालिका समान रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend