९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
सुरू भयो बालेनको धन्यवाद र्‍याली

बालेनको प्रतिबद्धता: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन मेरो क्षमता लगाउनेछु


जनमञ्च संवाददाता
  • १३ जेष्ठ २०७९ , शुक्रबार

  • बालेनको प्रतिबद्धता: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन मेरो क्षमता लगाउनेछु

    काठमाडौं, १३ जेठ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् ।

    मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धतासमेत गरे ।

    ‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उभने भने, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’

    नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिंदै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए । उनले भने, ‘नगरवासीले हामीलाई यहाँ पुर्‍याउनु भएको छ । यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई हन्ड्रेड प्रसेन्ट मेरो पूर्ण क्षमतालाई यसमा दिनेछु ।’
    लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् ।

    सुरू भयो बालेनको धन्यवाद र्‍याली

    बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसियालीमा विजयी र्‍याली सुरु भएको छ । विजयी र्‍याली राष्ट्रिय सभागृहबाट सुरु भएको छ ।

    सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ ।

    कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्‍याली धन्यवादसभामा परिणत हुने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend