८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

साउन १ देखि गण्डकी र बागमतीमा इम्बोस्ड नम्बर अनिवार्य


जनमञ्च संवाददाता
  • २० जेष्ठ २०७९ , शुक्रबार

  • साउन १ देखि गण्डकी र बागमतीमा इम्बोस्ड नम्बर अनिवार्य

    पोखरा, २० जेठ – सरकारले गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने भएको छ।

    यातायात व्यवस्था विभागले शुक्रबार सूचना प्रकाशित गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर लिन आग्रह गरेको छ। विभागको सूचनामा भनिएको छ, ‘सवारीहरूमा अविलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन हुन बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सानो ठूलो सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौं र गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा, कास्की र तीन कार्यालयमा दर्ता भएका सबै सवारीहरूका सवारीधनीहरूलाई यसै सूचना मार्फत जानकारी गराइएको छ।’

    बागमती र गण्डकीमा दर्ता भएका सवारी साधनमा साउन १ गतेदेखि अनिवार्य गरिएको विभागले जनाएको छ। इम्बोस्ड नम्बर जडान नगरिएको पाइएमा कारबाही हुने भएको छ।

    विभागले भनेको छ, ‘सवारीहरूमा इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था कार्यान्वयन भए/नभएको सम्बन्धमा मिति २०७९ साउन १ पश्चात् ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend