काठमाडौं, २८ जेठ – काठमाडौं उपत्यकामा शनिबार विहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहान २.३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
काठमाडौं उपत्यकामा आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो। रातिको समयमा करिब ४ सेकेन्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका थिए । ।
०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन्।