९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले जनप्रतिनिधिको संकल्प: ‘भ्रष्टाचार नगर्ने, सुशासनको नमूना बन्ने’


जनमञ्च संवाददाता
  • ३ असार २०७९ , शुक्रबार

  • एमाले जनप्रतिनिधिको संकल्प: ‘भ्रष्टाचार नगर्ने, सुशासनको नमूना बन्ने’

    काठमाडौं, ३ असार – नेकपा एमालेका नवनिर्वाचित जनप्रतिनिधिहरुले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र आफुले नेतृत्व गरेको पालिकालाई सुशासनमा नमूना बनाउने वाँचा गरेका छन् ।
    एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट संकल्पपत्र जारी गर्दै भनेका छन्, ‘आफूले कुनै भ्रष्टाचार गर्ने छैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छौं ।’
    एमाले जनप्रतिनिधिले आफूहरुले नेतृत्व गरेको पालिकाहरु सुशासनका नमूना बनाउने प्रतिवद्धता पनि जनाएका छन् ।
    उनीहरुले कर्मचारी नियुक्ति, सरुवा-बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प पनि संगै गरेका छन् । २० बुँदे संकल्पपत्रमा उनीहरुले भनेका छन्, ‘आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौं।’
    वेरुजुको फस्स्र्याेट गर्ने र राजश्वलाई जनताको पक्षमा पूर्णरुपमा ढंगले प्रयोग गर्ने पनि उनीहरुको संकल्प छ । उनीहरुले आफुहरु शासक नभई सेवक बन्ने घोषणा पनि गरेका छन् ।

    हेर्नुहोस् एमाले जनप्रतिनिधीको संकल्पपत्र :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend