१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

एमालेका थापाको नेतृत्वमा बन्यो म्याग्दी जिल्ला समन्वय समिति


जनमञ्च संवाददाता
  • ५ असार २०७९ , आइतबार

  • एमालेका थापाको नेतृत्वमा बन्यो म्याग्दी जिल्ला समन्वय समिति

    म्याग्दी, ५ असार – जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेका जिल्ला उपसचिव राजकुमार थापाको नेतृत्वमा एमालेको प्यानल नै विजयी भएको छ । राजकुमार थापा प्रमुख र दिल कुमारी खत्री उपप्रमुखसहित सबै पदमा एमालेका उमेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    आइतबार भएको मतदानमा एमालेका थापाले सात मत र उपप्रमुख खत्रीले पनि सात मत नै प्राप्त गरी विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार अन्य सात जना सदस्यहरु भने असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका थिए ।

    सत्ता गठबन्धनकोतर्फबाट जिसस प्रमुख र उपप्रमुखमा उम्मेदवार रहेका नेपाली कांग्रेसका मनकुमारी विक र सोहन श्रेष्ठले पाँच पाँच मत पाए ।

    सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी), श्रीप्रसाद गर्बुजा (धवलागिरी) देब गर्बुजा पुन (अन्नपूर्ण), महिला सदस्यहरु कविता विक (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा सदस्यमा निर्विरोध भएका थिए।

    गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा थापा बेनी नगरपालिका–१ बाट वडा सदस्यमा र उपप्रमुख खत्री मंगला गाउँपालिका–१ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

    जिससको निर्वाचनमा स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष मतदाता हुन्छन्। म्याग्दीको जिसस चुनावका लागि १२ जना मतदाता रहेकोमा एमालेका ७, काँग्रेसका ३ र माओवादी केन्द्रका २ जना मतदाता थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend