बागलुङ, १८ असार – नेपाली काँग्रेसका महासमिती सदस्य नवराज पौडेल, मञ्जु चालिसे, नेकपा माओवादी केन्द्रका गलकोट नगरकमिटी अध्यक्ष तिलक उप्रेतीसहित १७ जना नेता कार्यकर्ता शनिवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले बागलुङ-काठमाडौं मञ्चका अध्यक्ष अर्जुन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलिको निवास बालकोटमा पुगेर उनीहरु एमालेमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष ओलीले उनीहरुलाई टिका माला लगाएर एमालेमा प्रवेश गराए ।

कांग्रेसका यी नेताहरुलाई पार्टी प्रवेश गराउन एमाले बागलुङ जिल्ला र गण्डकी प्रदेशका नेताहरुको जम्बो टोली पनि बालकोट पुगेको थियो । उनीहरुलाई प्रवेश गराउन पार्टी अध्यक्ष ओलि जिल्लामा नै जानेगरी असार १० गते कार्यक्रम तय भएको थियो । तर अन्तिम अवस्थामा आएर पार्टी प्रवेशपछि नयाँ प्रवेशीलाई दिने जिम्मेवारीको कुरा टुंगो नलागेपछि कार्यक्रम स्थगित भएको थियो ।
नवप्रवेशी पौडेलको श्रीमती उषा पौडेल स्थानीय चुनावमा नै सूर्य चिन्ह लिएर जैमिनी नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेकी थिईन भने चालिसे गलकोट नगरपालिकामा नगरप्रमुखमा र उप्रेती उपप्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए । निर्वाचनमा तिनै जना पराजित भएका थिए ।

एमाले प्रवेश गर्नेहरुमा शिक्षक संघका जिल्ला उपाध्यक्ष विष्णु प्रसाद आचार्य, गलकोटका तुलसी गौतम, गणेश बुढाथोकी, डा. आशिष शर्मा चालिसे, डा.प्रतिक थापा, डा. प्रवल तिवारी, इन्जिनियर सौगात क्षेत्री, याम वहादुर रोका मगर, प्रेम खत्री, शेख अमिर मिया, वसन्त वोहोरा, याम वहादुर वोहोरा, बद्री रेग्मी, धनप्रसाद सुवेदी, नरेन्द्र वहादुर काउचा लगयात रहेका छन् ।
यी हुन् एमाले प्रवेश गर्नेहरु:
