बुटवल, २३ भदौ – नेकपा एसकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले मुलुकको समस्या समाधान गर्न गठबन्धन बनेको र यसैबाट देशले निकास पाउने दाबी गरेकी छन् ।
नेकपा एमालेको अहंकारलाई परास्त गर्न यो गठबन्धन बनेको र अगामी निर्वाचनमा यसले आफ्नो तह निर्धारण गरेर एमालेलाई साइजमा ल्याउने उनको जिकिर थियो ।
बिहीबार बुटवलमा रिपोटर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा झाँक्रीले मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने र त्यसको लागि गठबन्धनको जित अनिवार्य आवश्यकता रहेको बताइन् ।