८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एकदिन एमालेमा बसेर पुरानै पार्टीमा फर्के बच्चुलाल


जनमञ्च संवाददाता
  • २३ भाद्र २०७९ , बिहिबार

  • एकदिन एमालेमा बसेर पुरानै पार्टीमा फर्के बच्चुलाल

    रुपन्देही, २३ भदौ – नेकपा एमाले प्रवेश गरेका जनता समाजवादीका पार्टीका प्रदेश सदस्य तथा गैडहवा गाउँपालिकाको निवर्तमान अध्यक्ष बच्चुलाल केवट पुनः जनता समाजवादीमै फर्किएका छन् ।

    उनी वुधबार मात्रै एमाले सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराई, ठाकुर गैरेको हातबाट टीका लगाएर पार्टीमा प्रवेश गरेका थिए ।

    बिहीबार केवटले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको असन्तुष्टिले एमालेमा गएको तर आफ्नो गल्ती स्वीकार गर्दै जसपामै फर्किएको जनाएका छन् । ‘पार्टीको आन्तरिक असहमतिका कारण असन्तुष्ट भएर एमालेमा लागेको थिएँ । पछि आत्मग्लानी भयो । ’ उनले विज्ञप्तिमा लेखेका छन् ‘पार्टीको कार्यकर्ता र नेतृत्वको माया देखेर पुनः पुरानै घर फर्किएको छु ।’

    उनले आफूले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी मागेका छन् । उनले अबका दिनमा जसपामै सक्रिय भएर लाग्ने समेत प्रतिवद्दता जनाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend