११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

गल्फ खेलको अभ्यास गर्न सद्गुरु जग्गी वासुदेव मुस्ताङमा


जनमञ्च संवाददाता
  • २३ भाद्र २०७९ , बिहिबार

  • गल्फ खेलको अभ्यास गर्न सद्गुरु जग्गी वासुदेव मुस्ताङमा

    मुस्ताङ, २३ भदौ – भारतका चर्चित आध्यामिक सद्गुरु-जग्गी वासुदेवले बिहीबार उपल्लो मुस्ताङको लोमान्थाङ स्थित लोवाथाङ गल्फ कोर्स मैदानमा २ घण्टा गल्फ खेलको अभ्यास गरे । गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्ट र लोमान्थाङ गाउँपालिकाको समन्वयमा सद्गुरु लोवाथाङको गल्फ कोर्स स्थलमा पुगे ।

    गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङका अनुसार सद्गुरुसहितको करिव ५० जनाको टोलीले लोवाथाङमा गल्फ खेलको अभ्यास गरे ।

    ‘सद्गुरु उपल्लो मुस्ताङ आउनु गर्वको कुरा हो, त्यस माथी हामीले गल्फ कोर्सको पर्यटन प्रर्वद्धन गर्न गल्फ खेल्न अनुरोध ग¥यौं,’ अध्यक्ष गुरुङले भने, ‘उहाँ जस्तो विश्व चर्चित व्यक्ति यहाँ आएर गल्फको अभ्यास गर्दा यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा पक्कै टेवा पुग्छ भन्ने ठानेका छौं, यहाँ आएर गल्फ खेल्न सबैलाई ढोका खुल्ला रहन्छ ।’

    लोवाथाङ गल्र्फ कोर्स अघि भारतको सिक्किममा ३९७० मिटरको उचाईमा गल्फ कोर्स निर्माण गरिएको थियो । गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टको पहलमा त्यहा गल्फ कोर्सको पूर्वाधार निर्माण गरिएको थियो । उक्त गल्फ कोर्सलाई मुस्ताङ गल्फ कोर्स नामाकरण गरिएको थियो ।

    गल्फ खेलको विकास र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले लोमान्थाङ गाउँपालिकाले दुई साता अघि ‘टप अफ द वल्र्ड गल्फ च्यालेन्ज’ प्रतियोगिता आयोजना गरिएको थियो ।

    बिष्टले लोमान्थाङमा गल्फ कोर्सको मार्ग खोज्नु आफ्नो धेरै अघिको सपना भएको र त्यो सपनामा सद्गुरुको गल्फ अभ्यासले थप महत्व र गरिमा वृद्धि गरेको बताए । ‘विस्तार गल्फको सपना पुरा हुँदैछ, प्रतियोगिता सम्पन्न गरियो,’ सांसद बिष्टले भने, ‘अब यसको व्यापक प्रचार/प्रसार गरेर स्वदेशी तथा विदेशी गल्फर यहाँसम्म ल्याउनु छ, यसले यहाँको जिवन स्तरमा सुधार ल्याउँनेछ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend