३१ भाद्र २०८३ , बुधबार

३१ भाद्र २०८३ , बुधबार
  • ३१ भाद्र २०८३ , बुधबार
  • September 16 2026
यस्तो छ बन्दसूची तयार पार्दा ध्यान दिनुपर्ने १९ बुँदे ‘चेकलिष्ट’

समानुपातिकतर्फको निर्वाचन कार्यतालिका: असोज २ र ३ गते बन्दसूची बुझाउनुपर्ने


जनमञ्च संवाददाता
  • २६ भाद्र २०७९ , आइतबार

  • समानुपातिकतर्फको निर्वाचन कार्यतालिका: असोज २ र ३ गते बन्दसूची बुझाउनुपर्ने

    काठमाडौं, २६ भदौ – निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार असाेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्द सूची आयोगमा पेश गर्नुपर्नेछ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ ।

    यस्तै दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने आयोगका समानुपातिक प्रवक्ता गुरु प्रसाद वाग्लेले बताए ।

    बन्दसूची तयार गर्दा कानून र नियमले तोकेअनुसार नभएमा बन्दसूची स्वीकार नगरिने आयोगले जनाएको छ।

    निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूची तयार पार्दा ध्यान दिनुपर्ने १९ बुँदे ‘चेकलिष्ट’ यस्तो छ–

    १. उम्मेदवारको बन्दसूचीमा कम्तिमा ११ जना र बढीमा ११० जना उम्मेदवारको नाम सूचीकृत गरेको हुनुपर्ने। 

    २. भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसङ्ख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम समेतको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम निर्देशिकाको अनुसूची १२ बमोजिमको संख्यामा उम्मेदवारको नाम समावेश भएको हुनुपर्ने।

    ३. प्रत्येक समावेशी आधारमा समावेश गरिएका उम्मेदवार छुट्टिने ढाँचामा तयार भएको हुनुपर्ने।

    ४. प्रत्येक समावेशी समूहमा कम्तिमा ५० प्रतिशत महिलाको नाम समावेश गरेको हुनुपर्ने। 

    ५. कम्तीमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रका उम्मेदवारको नाम समावेश गरेको हुनुपर्ने।

    ६. पिछडिएको क्षेत्र तथा अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने गरी बन्दसूची तयार गरेको हुनुपर्ने।

    ७. बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले उम्मेदवार हुन मञ्जुर गरी प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१४ बमोजिम गरेको स्वघोषणासहितको मञ्जुरीनामा पेश गरेको हुनुपर्ने।

    ८. एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुने गरी दर्ता भएका दलले उम्मेदवारको बन्दसूची पेश गर्दा सम्बन्धित उम्मेदवार कुन राजनीतिक दलसँग सम्बन्धित हो, सो खुलाएको हुनुपर्ने।

    ९. उम्मेदवारको बन्दसूची पेश गर्दा दलको केन्द्रीय समितिले स्वीकृत गरेको  निर्णयको प्रमाणित प्रतिलिपि पेश गरेको हुनुपर्ने।

    १०. एकल चुनाव चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट उम्मेदवारको बन्दसूची स्वीकृत गर्दा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग–अलग रुपमा निर्णय गरी स्वीकृत गरेको हुनुपर्ने।

    ११. बन्दसूचीमा रहेका प्रत्येक उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ अनुसूची–१३ बमोजिमको निस्सा संलग्न गरेको हुनुपर्ने।

    १२. बन्दसूचीमा नाम समावेश भएको अपाङ्गता भएको व्यक्तिको हकमा नेपाल सरकारको सम्बन्धित निकायले उपलब्ध गराएको अपाङ्गताको परिचयपत्र पेश गरेको हुनुपर्ने।

    १३. दलले बन्दसूची पेश गर्दा दलको केन्द्रीय समितिले अधिकार दिएको त्यस्तो समितिको पदाधिकारीले दस्तखत गरी पेश गरेको हुनुपर्ने।

    १४. निर्वाचन अधिकृत समक्ष प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा १३ बमोजिम उम्मेदवारको बन्दसूची पेश गर्ने दलले पचास हजार रुपैयाँ धरौटी राखेको रसिद वा सक्कल बैंक भौचर संलग्न गरी पेश गरेको हुनुपर्ने।

    १५. बन्दसूची पेश गर्ने दलले उम्मेदवारको बन्दसूची पेश गर्दा निर्वाचन अधिकृतले तोके बमोजिम सो को विद्युतीय प्रति समेत उपलब्ध गराएको हुनुपर्ने।

    १६. बन्दसूचीमा समावेश भएका प्रत्येक उम्मेदवार प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने।

    १७. दलको  तर्फबाट मनोनयन गरिएको उम्मेदवारको बन्दसूची पेश गर्न  अधिकार पाएको पदाधिकारीको विवरण र दस्तखत नमूना फाराम पेश गरेको हुनुपर्ने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend